NRN
आज देशभर गाईजात्रा मनाइँदै

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ मंगलबार विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ । 

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । 

प्रताप मल्लको पालादेखि सुरुभएको गाईजात्रा हनुमानढोकास्थित राजदरबार भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि सांस्कृतिक पर्वको रुपमा कायमै रहेको छ । देशका विभिन्न स्थानमा गाईजात्रा मनाइने गरिन्छ । काठमाडौं उपत्यकामा भने गाईजात्रालाई विशेष रौनकको रुपमा मनाइँने गरिएको छ । यस अवसरमा काठमाडौं उपत्यकामा आज सार्वजनिक बिदा समेत दिइएको छ ।

प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायमै छ । देशका विभिन्न स्थानमा गाईजात्रा मनाइने भएपनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ।  

भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ ।

पछिल्लो समय गाईजात्रा पर्वको ८ दिनको अवधीमा हस्यकलाकारहरुले सामाजिक विकृतिका विरुद्ध व्यङ्ग्यात्मक प्रदर्शन समेत गर्दै आएका छन् ।

गाइजात्रा पर्व काठमाडौं उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाहबीसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौंडा र पोखरालगायतमा नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेकासहरमा धुमधामका साथ मनाइन्छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update