NRN
एउटै मञ्चमा देखिने भए देउवा, प्रचण्ड र नेपाल

मुलुकको राजनीतिले नयाँ कोर्ष लिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पहिलो पटक कांग्रेस सभापति शेरबहादुर देउवासँग एउटै मञ्चमा आज एउटै मञ्चमा देखिँदैछन् ।

कांग्रेस नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो स्मृति दिवसरका अवसरमा स्कुल अफ डेमोक्रेसीले मंगलबार आयोजना गरेको ‘राजनीतिमा निष्ठा र नैतिकता’ विषयक विमर्श कार्यक्रममा तीन नेता एकैसाथ देखिन लागेका हुन् ।

तीन नेताबीच संसद्को रोस्टमबाहेक पहिलो पटक एउटै सार्वजनिक मञ्च सेयर गर्नेगरी कार्यक्रम तय भएको छ ।

कार्यक्रम आज दिउँसो १ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजना हुँदै छ । कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कांग्रेसका नेता शेखर कोइराला, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि सहभागि  हुने छन् ।कार्यक्रममा सामाजिक अभियन्ता एवं गिरी पत्नी भारती सिलवाल गिरीको पनि सहभागि रहने जनाइएको छ ।

 

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update