NRN
मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वमहामन्त्री डा. मुकुल ढकाललाई दोस्रो पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । यसअघि सचिवालय बैठकले गरेको निर्णयलाई बुधबार पार्टी कार्यालय वनस्थलीवनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गरेको हो ।

यसअघि ३० साउनमा पनि रास्वपाले मुकुलसँग २४ घण्टे स्पष्टीकरण सोधेको थियो । जसको जवाफमा ढकालले सभापति रवि लामिछानेलाई आफ्नो नैतिक धरातल पुष्टी गर्न चुनौती दिएका थिए ।

सचिवालयले सोधेको स्पष्टीकरणमा ढकालले चित्तबुझ्दो जवाफ नदिएको बुधबारको केन्द्रीय समिति बैठकले ठहर गरेको छ ।

बैठकले ढकाललाई अन्तिमपटक स्पष्टीकरणका लागि समय दिने निर्णय गरेको कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

२५ असारमा रास्वपाले ढकाललाई महामन्त्री, प्रवक्ता, केन्द्रीय सदस्य पदबाट हटाएको थियो । तर, उनको साधारण सदस्य भने कायमै थियो । पार्टीले पदबाट हटाएपछि उनले निरन्तर सभापति रवि लामिछानेविरुद्ध अभिव्यक्ति दिँदै आएका छन् ।

उनलाई साधारण सदस्यबाट पनि किन नहटाउने भन्दै रास्वपाले स्पष्टीकरण माग गरेको हो ।

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update