NRN
रास्वपाले गर्यो आगामी स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ । पार्टीको केन्द्रीय समितिको बुधबार बसेको बैठकले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय गरेको हो ।

निर्वाचन आयोगले आगामी मंसिर अन्तिम साता उपनिर्वाचनको मिति सरकारलाई प्रस्ताव गरिसकेको छ  । निर्वाचन आयोगका अनुसार विभिन्न स्थानीय तहका ३४ वटा पदमा पदमा उपनिर्वाचन गर्नुपर्नेछ ।

निर्वाचन आयोगले आगामी मंसिरमा स्थानीय तहमा रिक्त रहेका पदमा उप निर्वाचन गर्न लागेको छ । स्थानीय तहको निर्वाचन रास्वपाको सहभागिता लागि पहिलोपटक हुनेछ । आजको बैठकले भ्रष्टाचारको मुद्दामा हदम्याद राख्न नहुने पक्षमा बहस गर्ने निर्णय गरेको छ ।

त्यस्तै पार्टीका निलम्बित महामन्त्री मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने र त्यसपछिमात्रै उनीमाथि थप कारबाही गर्ने निर्णय रास्वपाको बैठकले गरेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update