NRN
नागढुंगामा पहिरो खस्दा राजमार्ग अवरुद्ध

काठमाडौँको मुख्य नाका नागढुंगा नजिकै पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको छ । बुधबार बिहान १० बजेदेखि ढुंगामाटो र रुखसहित ठुलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । 

नागढुंगाका प्रहरी निरीक्षक हेम थपलियाका अनुसार सडकमाथिबाट ढुंगा खस्ने क्रम रोकिएको छैन ।

पहिरो पन्छ्याउन २ तर्फी डोजर तयार रहे पनि पहिरो खसी रहेकाले काम भने सुरु नभएको उनले बताए । ढुंगा खसिरहेकोले काठमाडौँ–नागढुंगा सडक दुईतर्फी बन्द गरिएको उनले बताए ।

पहिरो झर्ने क्रम नराेकिएकाेले पहिरो पन्छाउन केही घण्टा लाग्ने प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update