NRN
नागढुंगा नजिकै राजमार्ग अवरुद्ध हुने गरि गएको पहिरो पन्छाउने काम सुरू

काठमाडौँ उपत्यकाको मुख्य नाका नागढुंगा नजिकै राजमार्ग अवरुद्ध हुने गरि गएको पहिरो पन्छाउने काम सुरू भएको छ । 

ट्राफिक प्रहरीको सहयोगमा एक्स्काभेटर प्रयोग गरी सडक सञ्चालनको प्रयास भइरहेको छ ।

पहिरो खस्न केही मात्रामा कम भएपछि पहिरो पन्छाउने काम सुरू गरिएको हो ।

काठमाडौंको मुख्य नाका नागढुंगा नजिकै पहिरो झरेपछि दुईतर्फी राजमार्ग अवरुद्ध भएको थियो । 

आज बिहान १० बजेदेखि ढुंगामाटो र रूखसहित ठूलो पहिरो खसेपछि राजमार्ग अवरूद्ध भएको हो ।

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update