सेयर बजार परिसूचक नेप्सेको ३ हजार विन्दु पार गर्ने प्रयास चौथो पटक पनि सफल हुन सकेन । ।
बुधबार बजार परिसूचक नेप्से २.११ अंकले वृद्धि हुँदा १९६८.४४ को बिन्दुमा बन्द भएको हो । बुधबार कारोबार अवधिमा पटक–पटक उक्त विन्दु पार गरेको नेप्से त्यो विन्दुमा अडिन सकेन । यसदिन कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ ।
गत साता ३ हजारको बिन्दु पार गरेर बन्द भएको नेप्से यो साताको पहिलो कारोबार दिन नै ३४.४७ अंकले गिरावट भएर २९६६.३३ को बिन्दुमा बन्द भएको थियो ।
गत आइतबार २८ अर्ब ८३ करोड रूपैयाँको सेयर कारोबार भएकोमा बुधबार १८ अर्ब ९० करोडको सेयर कारोबार भएको छ । यो रकम अघिल्लो दिनको तुलनामा ९ अर्ब ९३ करोड रूपैयाँ कमी आएको हो।
यसदिन ३३७ वटा धितोपत्रको चार करोड १४ लाख ५४ हजार ६११ कित्ता सेयर किनबेच भएको हो ।
बुधबार १०० कम्पनीको सेयर मूल्य बढेको छ भने १४० वटाको घटेको छ । यस्तै चार कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
यसदिन कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स र दोल्ती पावरगरी चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
यस्तै, कर्णाली डेभलपमेन्टको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ७२० रूपैयाँमा झरेको छ । मातृभूमि लघुवित्तको मूल्य ५.९८ प्रतिशतले घटेको छ । उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार रूपैयाँ ४६२ पैसा कायम भएको छ ।
बुधबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता मूल्य ९८० रूपैयाँमा ६६ करोड ०२ लाखको सेयर कारोबार भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २.३० प्रतिशत बढेको हो ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा अपी पावर रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता ३६३ रूपैयाँमा ४५ करोड ७८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी आठ समूहको परिसूचक घटेको छ ।
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ४.९९ प्रतिशतले बढेको छ भने व्यापार समूहको परिसूचक सर्वाधिक २.०९ प्रतिशतले घटेको छ ।