नेपाल राष्ट्र बैंकका अनुसार आज बिहीबार अमेरिकी डलरको भाउ बढेको छ ।
बुधबार एकको खरिददर १३३ रूपैयाँ ७८ पैसा र बिक्रीदर १३४ रूपैयाँ ३८ पैसा तोकिएकोराष्ट्र बैंकका अनुसार अमेरिकी डलर आज डलर एकको खरिददर १३३ रूपैयाँ ९८ पैसा र बिक्रीदर १३४ रूपैयाँ ५८ पैसा कायम गरिएको छ । यो मूल्य अघिल्लो दिनको २० पैसा बढेको हो ।
यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९० रूपैयाँ २९ पैसा र बिक्रीमा ९० रूपैयाँ ६९ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ५० पैसा र बिक्रीमा ९८ रूपैयाँ ९४ पैसा पाइन्छ ।
त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७४ रूपैयाँ ६० पैसा र बिक्रीदर १७५ रूपैयाँ ३८ पैसा तोकिएको छ भने आज युरोपियन युरो एकको खरिदमा भने १४८ रूपैयाँ ९१ पैसा र बिक्रीमा १४९ रूपैयाँ ५८ पैसा पाइन्छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ७१ पैसा र बिक्रीदर ३५ रूपैयाँ ८७ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ९१ पैसा पाइन्छ ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ४८ र बिक्रीमा ३६ रूपैयाँ ६४ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा बिहीबार ३० रूपैयाँ ५९ पैसा र बिक्रीमा ३० रूपैयाँ ७३ पैसा पाइन्छ ।
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ५३ पैसा र बिक्रीदर ३५७ रूपैयाँ १२ पैसा तोकिएको छ भने बिहीबार कुवेती दिनार एकको खरिदमा ४३८ रूपैयाँ ३२ पैसा र बिक्रीमा ४४० रूपैयाँ २८ पैसा पाइन्छ ।