दाङको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुई जना पक्राउ
दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१५ का प्लस टु पढिसकेका अभियान थापा र सोही क्याम्पसमा अध्ययनरत सुदन कार्की रहेका छन् । उनीहरुले आज बिहान क्याम्पस परिसरमा विष्फोट पदार्थ फ्याँकेर मोटरसाइकल चढेर भागेका थिए ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुवैलाई भागिरहेको अवस्थामा पक्राउ गरिएको हो । प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाले रमाइलोका लागि पटका पड्काएको बताएका छन् ।
प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१ १२:००
प्रतिक्रिया दिनुहोस्