NRN
साफ यू-२० च्याम्पियनसिप : आज बंगलादेशसँग खेल्दै नेपाल

साफ यू-२० च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग खेल्दैछ । खेल बिहीबार दिउँसो ३ बजेदेखि ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरू हुनेछ ।

प्रतियोगितामा आजको खेल नेपालको दोस्रो खेल हुनेछ ।

उद्घाटन खेलमा आइतबार श्रीलंकालाई १-० गोलले हराउँदै नेपालले सेमिफाइनल स्थान सुरक्षित गरेको थियो । बंगलादेशले पनि श्रीलंकालाई पराजित गरेर यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो ।

समूह ‘बी’मा भारत, माल्दिभ्स र भुटान छन् । भारत र भुटानले एक/एक खेल जितेका छन् । शुक्रबार भारत र माल्दिभ्सबीचको खेलछि सेमिफाइनल समिकरण पूरा हुनेछ ।

६ टोलीलाई दुई समूहमा विभाजन गरेर च्याम्पियनसिप खेलाइएको छ र दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । प्रतियोगिताको सेमिफाइनल खेल आइतबार र सोमबार तथा फाइनल खेल बुधबार हुनेछ ।

 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update