NRN
यस्तो छ  शुक्रबार विदेशि मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले साताको अन्तिम दिन अर्थात् शुक्रबार विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३४ रूपैयाँ ०३ पैसा र बिक्रीदर १३४ रूपैयाँ ६३ पैसा कायम गरिएको छ भने क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ ६३ पैसा र बिक्रीमा ९९ रूपैयाँ ०८ पैसा पाइन्छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९० रूपैयाँ २४ पैसा र बिक्रीमा ९० रूपैयाँ ६५ पैसा तोकिएको छ भने युरोपियन युरो एकको खरिदमा १४९ रूपैयाँ २७ पैसा र बिक्रीमा १४९ रूपैयाँ ९४ पैसा पाइन्छ ।

त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७५ रूपैयाँ ७६ पैसा र बिक्रीदर १७६ रूपैयाँ ५५ पैसा तोकिएको छ ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ९२ पैसा पाइन्छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रूपैयाँ ८८ पैसा तोकेको छ ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ४९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६५ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार ३० रूपैयाँ ६१ पैसा र बिक्रीमा ३० रूपैयाँ ७५ पैसा पाइन्छ ।

शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३८ रूपैयाँ ५८ पैसा र बिक्रीमा ४४० रूपैयाँ ५४ पैसा पाइन्छ । त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३५७ रूपैयाँ २८ पैसा तोकिएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update