NRN
काठमाडौंबाट पोखरा जाँदै गरेको गरेको इभी माइक्रो बस धादिङमा दुर्घटना

काठमाडौंबाट पोखरा जाँदै गरेको गरेको इभी माइक्रो बस धादिङमा दुर्घटना भएको छ । 

बस धादिङको गल्छी गाउँपालिकास्थित पृथ्वी राजमार्गमा पर्ने सिम बजारमा दुर्घटना हुँदा १५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

वर्षाका कारण सडक चिप्लो हुँदा सो माइक्रो बस सडकमा पल्टिएको धादिङ प्रहरीले जनाएको छ । 

माइक्रो बस दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update