NRN
सिड्नीको लिभरपुल सिटी काउन्सिलको मेयर पदमा देब गुरूगंको उम्मेदवारी

- राजन घिमिरे, सिड्नी

पछिल्लो समय अष्ट्रेलियामा ब्याबसाय क्षेत्रसंगै बिबिध क्षेत्रका साथै यहांको मूल राजनीतिक क्षेत्रमा पनि नेपालीहरूले आफ्नो उपस्थिति जनाउन थालेका छन । यसै क्रममा सेप्टेम्बर १४ तारेखका दिन सिड्नीमा हुन लागेको स्थानिय सरकारको लिभर पुलसिटीको मेयर काउन्सिलर पदमा नेपाली देब बहादुर गुरूंगले उम्मेदवारी दिने भएका छन । लामो समयदेखी गैह्र आबासीय नेपाली संघसंग आबद्द हुंदै अष्ट्रेलियाको उपाध्यक्ष र स्टेट कोर्डिनेटर भएर काम गरिसकेका उनि स्थानिय नेपाली र बिदेशी मांझ पनि सामाजिक अभियन्ताको रूपमा स्थापित छन । उनी कम्युनिटी भ्वाइस अस्ट्रेलियाको तर्फबाट उम्मेदवारको रूपमा उभिएका हुन ।

मेयर पदमा उम्मेदवारी घोषणा गर्दै गुरूंगले आफू लिभरपुल क्षेत्रमा सत्र वर्षभन्दा बढी समयदेखि बसोबास गर्दै आएको स्थानीय बासिन्दा भएको बताएका छन -‘ म सैनिक पृष्ठभूमिबाट आएको हुँ र मैले ३० वर्षभन्दा बढी समयसम्म सेनामा सेवा गरेको छु। अस्ट्रेलियाका फराकिलो समुदायमा म धेरै वर्षदेखि सामाजिक सेवामा संलग्न हुँदै आएको छु- उनले भनेका छन ।

गुरूंगले आफूंसंग सेनामा रहंदाको समयमा कठिन निर्णयहरू लिनु पर्ने, द्वन्द्व व्यवस्थापन र रणनीतिक सोच आवश्यक पर्ने कामहरूमा संलग्न भएको लामो अनुभब रहेको कुरा जानकारी गराउंदै अगाडि भनेका छन -‘ म गर्वका साथ भन्छु कि मसंग भएको सिप र ज्ञान हाम्रो समुदायले सामना गरिरहेको चुनौतीहरूको सामना गर्न र समुदायका हरेक पक्षलाई फाइदा पुर्याउने अवसरहरू खोज्न मद्दत पुर्याउनेछ-‘ यस कारण पनि लिभरपुल क्षेत्रमा रहनु हुने नेपाली लगायत अन्य मूलका मतदाताहरूले मलाई मतदान गर्नु हुने छ -‘ गुरूगंले भनेका छन ।

उनले भनेका छन -‘ मेयर उम्मेदवारको रूपमा मेरो सम्पूर्ण ध्यान लिभरपुल सिटी र जनताको सुधारका लागि समर्पण, इमानदारी, पारदर्शिता र व्यावसायिकतामा केन्द्रित हुनेछ। गुरूगंले समर्थन सबैथोक भएको र चुनाव नजिकिँदै गर्दा थप विवरणहरू साझेदारी गर्ने जानकारी दिंदै आफ्नो टिमको चलिरहेको अभियानको लागि सबैबाट मार्गदर्शन र समर्थनको आशा पनि गरेका छन । उनले प्रतिबद्दता ब्यक्त गर्दै अगाडि भनेका छन -‘ यदि म निर्वाचित भए भने तपाईहरूको कुरा सुन्ने र परिणामहरू उपलब्ध गराउने वाचा गर्छु। हामी संगसंगै सकारात्मक परिवर्तनहरू ल्याउन सक्छौं र अष्ट्रेलियाको प्रबासी नेपाली समाजको लागि केही राम्रो गरेर उनिहरूको भविष्यको लागि फरक पार्न सक्छौं- ‘ ।

 

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update