NRN
वडाबाटै समाजिक सुरक्षा भत्ता बितरणपछि स्थानिय खुसी 

चक्रघट्टा ।  सर्लाहीको चक्रघट्टा गाउँपालिकामा वडामै समाजिक सुरक्षा भत्ता बितरण  भएपछि स्थानियहरु खुसी भएका छन । सोमवार वडा नं. १ शिवनगर बाट वडा स्तरमै समाजिक सुरक्षा वितरण भएको छ । 

गाउँपालिका प्रमुख कृष्ण कुमार यादवले  कार्यक्रमको उद्घाटन गरेका थिए । गाउँबाट टाढा पुगेर भत्ता लिन बृद्धबृद्धा, एकल महिला तथा अशक्तलाई समस्या भएपछि वडामै पुगेर भत्ता बितरण कार्यक्रमको सुरुवात गरिएको यादवले बताए । बैंकका कर्मचारी तथा पालिकाका कर्मचारी सम्बन्धित वडामा पुगेर सोमवारदेखि भत्ता बितरण गर्न थालेका छन् । 
पालिकाकामा आएर भत्ता बुझ्न समस्या भएपछि गाउँमै पुगेर भत्ता बितरण गर्न थालिएको गाउँपालिका प्रमुख कृष्ण कुमार यादवले बताएका छन् । ‘पैदल वा सवारी साधनमा भत्ता बुझ्न आउँदा बृद्धबद्धालाई निकै समस्या हुने गरेको थियो ।’ उनले भने ।

३ वर्ष अगाडी मोटरसाइकलमा चढेर भत्ता बुझ्न आएका एकजना बृद्धाको मोटरसाइकलबाट लडेर मृत्यु भएको घटना देखेपछि आफुले गाउँमै भत्ता बितरण सपना देखेको थिए यादवले सुनाए । आर्थिक वर्षको पहिलो किस्ताको रकम गाउँमै गएर बितरण गर्ने योजना भएपनि  केही कठिनाईले पहिलो किस्ताको रकम बाँड्न नसकिएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत संजिक कुमार यादवले जानकारी दिए । 

कर्मचारी व्यवस्थापन भएपछि दोस्रो किस्ताको रकम वडामै गएर बितरण गर्न थालिएको अधिकृत यादवले बताए । गाउँमै आएर भत्ता बितरण भएपछि बृद्धबृद्धालाई निकै सहज भएको चक्रघट्टा गाउँपालिकाका भाग्य नारायण महतोले बताए । 
 

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update