एकैदिन प्रतितोला एक हजार रूपैयाँ बढ्यो सुनको मूल्य, चाँदीको कति ?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको मूल्य बढेको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा आज प्रतितोला एक हजार रूपैयाँ बढेको हो ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ ।
शुक्रबार प्रतितोला एक हजार आठ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी यस दिन प्रतितोला एक हजार आठ सय ५० रूपैयाँमा काराबोर भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ बढेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय १३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१ ११:१८
प्रतिक्रिया दिनुहोस्