NRN
अमेरिकी, अष्ट्रेलियन डलर र युरोको मूल्य घट्दा अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ?

राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक गरेको दर अनुसार आज अमेरिकी, अष्ट्रेलियन डलर र युरोको मूल्य घटेको छ ।

शुक्रबार एकको खरिददर अमेरिकी डलर एकको खरिददर १३४ रूपैयाँ ०३ पैसा र बिक्रीदर १३४ रूपैयाँ ६३ पैसा कायम गरिएको अमेरिकी डलर आज एकको खरिददर १३३ रूपैयाँ ९३ पैसा र बिक्रीदर १३४ रूपैयाँ ५३ पैसामा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १० पैसा घटेको हो ।

यस्तै, शुक्रबार एकको खरिददर ९० रूपैयाँ २४ पैसा र बिक्रीमा ९० रूपैयाँ ६५ पैसा कायम गरिएको अष्ट्रेलियन डलर आज एकको खरिदमा ९० रूपैयाँ १४ पैसा र बिक्रीदर ९० रूपैयाँ ५५ पैसामा कारोबार भइरहेको छ । 

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १७५ रूपैयाँ ७६ पैसा र बिक्रीमा १७६ रूपैयाँ ५५ पैसा पाइन्छ ।

त्यसैगरी,  युरोपियन युरो एकको खरिददर आज १४८ रूपैयाँ ८३ पैसा र बिक्रीदर १४९ रूपैयाँ ५० पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ४४ पैसा घटेको हो ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ४६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६३ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा आइतबार ३० रूपैयाँ ६१ पैसा र बिक्रीमा ३० रूपैयाँ ७५ पैसा पाइन्छ ।

त्यस्तै, क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ ५७ पैसा र बिक्रीमा ९९ रूपैयाँ ०१ पैसा पाइन्छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३५ रूपैयाँ ८५ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ८९ पैसा पाइन्छ । 

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ४२ पैसा र बिक्रीदर ३५७ रूपैयाँ ०१ पैसा तोकिएको छ भने आइतबार कुवेती दिनार एकको खरिदमा ४३८ रूपैयाँ ३१ पैसा र बिक्रीमा ४४० रूपैयाँ २७ पैसा पाइन्छ । 

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update