NRN
मन्त्री भण्डारी भन्छन्,  एक महिनाभित्र उपभोक्ता अदालत गठन गर्छौँ

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एक महिनाभित्र उपभोक्ता अदालत गठन गर्ने बताएका छन् । 

आज वर्तमान अवस्थामा आपूर्ति व्यवस्था र उपभोक्ता अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले कृत्रिम अभावलगायतका मूल्य समायोजनका वस्तुहरूमा प्रभाव परेकाले उपभोक्ता अदालत  गठन गर्नुपर्ने बताएका हुन् ।

‘अहिलेको उत्पादन कति छ ? स्टक कति ? उपभोक्ताहरूले त्यसको डाटा दिनुपर्ने छ । मन्त्रालयले डाटा ल्याउन चाँडै माग गर्नेछ । उनले  भने, ड्युटी घटाउन परेपनि घटाउँछौँ, तर सरकारले आव्हान गरेका कार्यक्रममा चिनी उत्पादन सङ्घलाई सरकार नै चाहिन्छ । त्यसैले आपूर्ति शृङ्खलामा रहेका समस्यालाई सम्बोधन गर्न सरकार तयार छ । अनुगमन गर्नकै लागि एक महिनाभित्र उपभोक्ता अदालत  गठन हुनेछ ।’

साथै उनले उपभोक्ता शृङ्खलाको चुनौती राज्यको नियन्त्रणमा नरहेको उल्लेख गरे । 

उनले उत्पादनमूलक वस्तुहरू मुलुकमा उत्पादन गर्न नसकेको र खुला सीमाका कारण उपभोक्ता शृङ्खलाको चुनौती बढेको जिकिर गरे ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update