NRN
टेलिग्रामका संस्थापक तथा प्रमुख कार्यकारी निर्दशक पवेल डुरोव फ्रान्समा पक्राउ

टेलिग्रामका संस्थापक तथा प्रमुख कार्यकारी निर्दशक पवेल डुरोव पक्राउ परेका छन् । शनिबार साँझ निजी जहाजबाट फ्रान्सको बुर्जेट एअरपोर्टमा अवतरण गरेका उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो ।

फ्रान्सेली सञ्चारमाध्यमका अनुसार ३९ वर्षीय दुरोभलाई टेलिग्रामसँग सम्बन्धित मुद्दामा पक्राउ गरिएको हो ।

डुरोव रूसी-फ्रान्सेली अर्बपति हुन् । उनको पक्राउपछि फ्रान्सस्थित रूसी राजदूतावासले तत्काल समन्वय गर्ने भनेको रूसी समाचार संस्था तासले उल्लेख गरेको छ ।

पक्राउ परेका डुरोवमाथि आजदेखि अनुसन्धान सूरू गरिने बताइएको छ ।

टेलिग्राम एप रुस, युक्रेन र यस क्षेत्रका देशहरूमा धेरै लोकप्रिय छ । तर, रुसले सन् २०१८ मा प्रयोगकर्ताको डाटा हस्तान्तरण गर्न अस्वीकार गरेकोमा यो एपमाथि प्रतिबन्ध लगाएको थियो‍ । तर पछि २०२१ मा हटाइएकाे थियाे । अहिले टेलिग्रामको मुख्यालय यूएईमा छ । अहिलेसम्म यसका १ बिलियन नजिक प्रयोगकर्ताहरू रहेको बताइएको छ ।

यो फेसबुक, युट्युब, व्हाट्सएप, इन्स्टाग्राम, टिकटक र विच्याट पछिको प्रमुख सामाजिक सञ्जाल प्लेटफर्महरूमध्ये एक हो । 

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update