NRN
साफ यु-२० च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपालले भुटानसँग खेल्दै

साफ यु-२० च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपालले भुटानसँग खेल्दैछ । खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज ३ बजे सुरू हुनेछ ।

नेपाल समूह  ‘ए’ को विजेता बनेर सेमिफाइनलमा पुगेको हो । समूह चरणमा नेपालले श्रीलंकालाई १-० र बंगलादेशलाई २-१ गोलले पराजित गरेको थियो ।

समूह बी बाट भुटान माल्दिभ्सलाई हराउँदै सेमिफाइनल पुगेको हो । समूह चरणमा भारतसँग भने पराजित भएको थियो।

सेमिफाइनलको अर्को खेल सोमबार भारत र बंगलादेशबीच हुनेछ । प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ ।  

 

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update