NRN
ओमानका विदेशमन्त्री सैयद भोलि नेपाल आउँदै

ओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी भोलि नेपाल आउने भएका छन् ।

परराष्ट्रमन्त्री आरजु देउवा राणाको निमन्त्रणामा विदेशमन्त्री बुसैदी दुई दिने औपचारिक नेपाल भ्रमणमा आउन लागेका हुन् ।

दुई मन्त्रीबीच दुई पक्षीय वार्ता हुने र नेपाल र ओमानको सम्बन्धलाई सुदृढ गर्नेबारे छलफल हुने विज्ञप्तिमा उल्लेख छ । 

नेपाल बसाइका क्रममा उनले राष्ट्रपति र प्रधानमन्त्रीसँग समेत  शिष्टाचार भेट गर्ने कार्यतालिका छ । 

उनी पर्सि ओमान फर्किने कार्यतालिका छ ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update