NRN
मंगलबार सुनको भाउ स्थिर हुँदा बढ्यो चाँदीकाे मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजकाे लागि सुन-चाँदीको मूल्य सार्वजनिक गरेकाे छ । सार्वजनिक गरेकाे मूल्य अनुसार नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदी बढेको छ ।

महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार तीन सय रूपैयाँमा कारोबार भएकाे सुन आज पनि सुन सोही मूल्यमा कारोबार भइरहेको छ । 

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने बढेको छ ।

सोमबार प्रतितोला १८ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १८ सय ५० रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २५ सय ०८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update