नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशि मुद्राकाे विनिमय दर सार्वजनिक गरेकाे छ । सार्वजनिक गरेकाे दर अनुसार मंगलबार अमेरिकी डलर र क्यानेडियन डलरको भाउ बढेको छ भने पाउण्ड स्टर्लिङको मूल्य घटेको छ ।
राष्ट्र बैंकको अनुसार सोमबार एकको खरिददर १३३ रूपैयाँ ९३ पैसा र बिक्रीदर १३४ रूपैयाँ ५३ पैसा कायम भएकाे अमेरिकी डलर आज एकको खरिददर १३३ रूपैयाँ ९५ पैसा र बिक्रीदर १३४ रूपैयाँ ५५ पैसामा काराेबार भइरहेकाे छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २ पैसा बढेको हो ।
त्यस्तै, सोमबार एकको खरिदमा १७६ रूपैयाँ ९६ पैसा र बिक्रीमा १७७ रूपैयाँ ७५ पैसा तोकिएको पाउण्ड स्टर्लिङ आज एकको खरिदमा भने १७६ रूपैयाँ ६० पैसा र बिक्रीमा १७७ रूपैयाँ ३९ पैसा पाइन्छ ।
त्यसैगरी, क्यानेडियन डलर एकको खरिददर आज ९९ रूपैयाँ १६ पैसा र बिक्रीदर ९९ रूपैयाँ ६० पैसामा काराेबार भइरहेकाे छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १ पैसा बढेको हो ।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा १४९ रूपैयाँ ५६ पैसा र बिक्रीमा १५० रूपैयाँ २३ पैसा तोकिएको छ भने अष्ट्रेलियन डलर एकको खरिदमा ९० रूपैयाँ ६८ पैसा र बिक्रीमा ९१ रूपैयाँ ०८ पैसा पाइन्छ ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ४७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६३ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा मंगलबार ३० रूपैयाँ ८१ पैसा र बिक्रीमा ३० रूपैयाँ ९५ पैसा पाइन्छ ।
कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ९० पैसा पाइन्छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ७० पैसा र बिक्रीमा ३५ रूपैयाँ ८६ पैसा तोकेको छ ।
कुवेती दिनार एकको खरिदमा ४३८ रूपैयाँ ५९ पैसा र बिक्रीमा ४४० रूपैयाँ ५६ पैसा पाइन्छ । त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ४७ पैसा र बिक्रीदर ३५७ रूपैयाँ ०६ पैसा तोकिएको छ ।