NRN
एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध

नेकपा (एकीकृत समाजवादी) को उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध भएका छन् । अर्का उम्मेदवार घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि पाण्डे निर्विरोध भएका हुन् । 

यद्यपि निर्वाचन समितिले उम्मेदवारी दर्ताको अन्तिम नामावली भने निकालिसकेको छैन । जारी केन्द्रीय कमिटीको बैठकमा पदाधिकारी र पोलिट्ब्युरो सदस्य निर्वाचनका लागि चुनाव भइरहेको हो ।

एकीकृत समाजवादीमा १८ सदस्यीय पदाधिकारीका लागि चुनावी प्रक्रिया अघि बढेको हो । जसमा ६७ जनाले उम्मेदवारी दिएका छन् । आज वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्ष तथा पोलिटब्युरो सदस्य चयन गरिंदैछ ।

एकीकृत समाजवादीमा ३४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था छ । केन्द्रीय कमिटी सदस्यहरुले पदाधिकारी र पोलिटब्यरो चयन गर्न लागेका हुन् ।

पार्टीको असार १६ गतेदेखि २० गतेसम्म चलेको दसौं महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिव घनश्याम भूसाल सर्वसम्मत चयन गरेको थियो ।

अन्य पदका लागि दिउँसो २ बजेदेखि मतदान सुरु गर्ने तयारी छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update