NRN
नेकपा एकीकृत समाजवादीको निर्वाचनकाे उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मा १८ पदाधिकारीसहित पोलिटब्युरो सदस्य छनौटका लागि आज निर्वाचन हुँदैछ । 

वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्ष गरी १८ पदका साथै ८४ पोलिटब्युरो सदस्य छनौटका लागि निर्वाचन गर्न लागिएको हो । 

म‌ंगलबार बिहान उम्मेदवारी दर्ता भएपछि उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक गरिएको छ । 

दाबी विरोध, उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशनलगायत कार्यक्रम सम्पन्न भएपछि आजै दिउँसो २ देखि पाँच बजेसम्म मतदान हुने भएको छ । साँझसम्म मतगणना गरिने निर्वाचन आयोगका अध्यक्ष माधव पौडेलद्वारा जारी तालिकामा उल्लेख छ । 

केन्द्रीय कमिटी सदस्यले मात्र निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने छन् । सचिवालय सदस्य, स्थायी समिति सदस्य विभागलगायत संरचना केही दिनपछि निर्माण गर्ने जनाइएको छ ।

केन्द्रीय कमिटीमा हाल अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी चुनिएका छन् । 

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update