NRN
आज कतिमा कारोबार हुँदैछ अमेरिकी, अष्ट्रेलियन, क्यानेडियन डलर र पाउण्ड

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३३ रूपैयाँ ९९ पैसा र बिक्रीदर १३४ रूपैयाँ ५९ पैसा कायम गरिएको छ भने क्यानेडियन डलर एकको खरिदमा ९९ रूपैयाँ ५१ पैसा र बिक्रीमा ९९ रूपैयाँ ९६ पैसा पाइन्छ ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९० रूपैयाँ ९२ पैसा र बिक्रीमा ९१ रूपैयाँ ३३ पैसा तोकिएको छ भने आज युरोपियन युरो एकको खरिदमा १४९ रूपैयाँ ६६ पैसा र बिक्रीमा १५० रूपैयाँ ३३ पैसा पाइन्छ ।

त्यसैगरी,  बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर भने आज १७७ रूपैयाँ १७ पैसा र बिक्रीदर १७७ रूपैयाँ ९६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ७१ पैसा र बिक्रीदर ३५ रूपैयाँ ८७ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ९२ पैसा पाइन्छ ।

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३५७ रूपैयाँ १५ पैसा तोकिएको छ भने बुधबार कुवेती दिनार एकको खरिदमा ४३८ रूपैयाँ ९१ पैसा र बिक्रीमा ४४० रूपैयाँ ८७ पैसा पाइन्छ ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ४८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६४ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा बुधबार ३० रूपैयाँ ८२ पैसा र बिक्रीमा ३० रूपैयाँ ९६ पैसा पाइन्छ ।

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update