NRN
नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बुधबार) को लागि सुन-चाँदीको मूल्य सार्वजनिक गरेको छ । सार्वजनिक गरेको मूल्य अनुसार नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ ।

लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको तुलनामा भने बुधबार सुनको भाउ प्रतितोला आठ सय रूपैयाँ बढेको हो ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ५५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रूपैयाँ बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २५ सय १० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update