NRN
साफ यू-२० च्याम्पियनसिपको उपाधिका लागि बंगलादेशसँग भिड्दै नेपाल

साफ यू-२० च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज बंगलादेशसँग खेल्दैछ । खेल बुधबार दिउँसो साढे २ बजेबाट ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरू हुनेछ ।

सेमिफाइनलमा नेपालले भुटानलाई र बंगलादेशले भारतलाई पराजित गर्दै फाइनल पुगेको हो ।

त्यसअघि नेपाल समूह विजेता बनेर सेमिफाइनल पुगेको थियो । बंगलादेश उपविजेता बनेर सेमिफाइनल पुगेको थियो ।

नेपालले यसअघि सन् २०१५ मा घरेलु मैदानमा उपाधि जितेको थियो । सन् २०१८ मा साफ यू-१८ च्याम्पियनसिपको नाममा आयोजना भएको प्रतियोगिताको उपाधि पनि नेपालले जितेको थियो ।

सन् २०१९ को प्रतियोगितामा भने नेपाल समूह चरणबाटै बाहिरियो । २०२२ यू-२० च्याम्पियनसिपको नाममा भएको प्रतियोगितामा नेपाल लिग चरणमा तेस्रो हुँदा फाइनल पुग्न सकेन ।

सन् २०२३ मा प्रतियोगिता फेरि यू-१९ च्याम्पियनसिपमा आयोजना भयो । घरेलु मैदानमा नेपाल सेमिफाइनलभन्दा अघि बढ्न सकेन । नेपाललाई सेमिफाइनलमा भारतसँग पेनाल्टी सुटआउटमा ३-२ ले पराजित भएको थियो।

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update