NRN
अमेरिकाको ह्युस्टनमा एक नेपाली छात्राको गोली हानी हत्या

अमेरिकाको ह्युस्टनमा एक नेपाली छात्राको गोली हानी हत्या भएको छ । गत सोमबार साँझ साढे ५ बजे टेक्सासस्थित होस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया युवती मुना पाण्डेको हत्या भएको हो ।

घटनाका विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । शनिबारदेखि सम्पर्कविहीन रहेकी उनी सोमबार आफ्नै घरमा मृत भेटिएकी थिइन् । मुना एफ वान भिसामा ‘इन्टरनेसनल स्टुडेन्ट’ को रूपमा २०२१ मा अमेरिका पुगेकी थिइन् ।

अमेरिकाबाट समाचार अनुसार उनी ह्युस्टनको हिलक्रप्ट नजिकैको अपार्टमेन्टमा बस्दै आएकी थिइन् । प्रहरीले प्रारम्भिक अनुसन्धान पश्चात ‘अटस्पी’ (पोष्टमार्टम) का लागि शव अस्पताललाई जिम्मा लगाएको समाचारमा जनाइएको छ ।

सोमबार अपरान्ह अज्ञात नम्बरबाट अपार्टमेन्टमा फोन आएको र कोठाभित्र लास भएको जानकारी दिइएको थियो । त्यसपछि अपार्टमेन्टका कर्मचारीले प्रहरीलाई खबर गरे । प्रहरीले अपार्टमेन्टमा गोली लागेर मृत अवस्थामा रहेकी मुनालाई फेला पार्‍यो । मुनालाई तीनवटा गोली हानिएको थियो । 

मुनाको नेपालमा आमामात्र छिन् । माता-पिताको सम्बन्ध विच्छेद भैसकेको बताइएको छ ।

 

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update