NRN
नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त

नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आएका सिग्देललाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानसेनापतिमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २६७ को उपधारा ५ बमोजिम भदौ २४ गतेदेखि लागु हुने गरी सिग्देललाई प्रधानसेनापति पदमा नियुक्त गरेका हुन् ।

यसअघि राष्ट्रपति पौडेलले साउन २५ गतेबाटै उनलाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने अख्तियारी दिएका थिए । सिग्देललाई सोही दिन प्रधानसेनापति प्रभुराम शर्माले जङ्गी अड्डामा आयोजित एक समारोहकाबिच प्रधान सेनापतिको कार्यभार बरबुझारथ गरेका थिए । 

 

 

 

नेपाली सेनाको सहायक सेनानी दर्जामा प्रवेश गरी करिब ४१ वर्षसम्म अनवरत रूपमा सेवा गरेका शर्मा भदौ २४ गतेबाट पदावधिको हदले नेपाली सेनाबाट अनिवार्य अवकाश प्राप्त गर्दैछन् ।

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १४:११
प्रतिक्रिया दिनुहोस्
Weather Update