NRN
सरकारले संविधान मान्नु पर्छ कि पर्दैन भन्दै जसपा सांसद राजकिशोर यादवको प्रश्न

जसपा सांसद राजकिशोर यादवले सरकारले संविधान मान्नु पर्छ कि पर्दैन भन्दै प्रश्न गरेका छन् । 

बुधबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले संविधानको आत्मा समानुपातिक समावेशी भएपनि राजदूत नियुक्ति त्यसअनुरूप किन भएन भन्दै  प्रश्न गरे । उनले राजदूत सिफारिस कुनै पनि कोणले समावेशी नभएको उल्लेख गरे । 

उनले भने‚ ‘राजदूत सिफारिस कुनै कोणबाट पनि समावेशी भएन । एकल जातीय, एकल सांस्कृतिक पहिचान झल्किकने गरी सिफारिस भएको हो‚’ ‘सरकारले संविधान मान्दैन भने भोलिको दिनमा जनताले मान्दिन भन्यो भने परिस्थिति के उत्पत्ति होला ?’

सांसद यादवले ठुल–ठुला भ्रष्टाचारको फाइल खोल्नुभन्दा अहिलेको सरकार टिकटक खोल्न व्यस्त भएको भन्दै आपत्ति जनाए । उनले भ्रष्टाचारमा पाँच वर्षे हदम्याद कुनै पनि हालतमा स्वीकार नगर्ने उल्लेख गरे ।

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update