NRN
 नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ ।

यसअघि बुधबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो ।  महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५३ हजार दुई सय रूपैयाँ पुगेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रूपैयाँ बढी हो ।

बिहीबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा घटेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ३० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ घटेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय १५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update