NRN
अमेरिकी डलरको मूल्य बढ्दा अन्य मुद्रा कतिमा हुँदैछ खरिद–बिक्री ?

नेपाल राष्ट्र बैंकका अनुसार आज बिहीबार अमेरिकी डलरको मूल्य बढेको छ ।

बुधबार एकको खरिददर १३३ रूपैयाँ ९९ पैसा र बिक्रीदर १३४ रूपैयाँ ५९ पैसा तोकिएको अमेरिकी डलर राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३४ रूपैयाँ ०३ पैसा र बिक्रीदर १३४ रूपैयाँ ६३ पैसामा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको ४ पैसा बढेको हो ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९० रूपैयाँ ९६ पैसा र बिक्रीमा ९१ रूपैयाँ ३७ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९९ रूपैयाँ ५४ पैसा र बिक्रीमा ९९ रूपैयाँ ९९ पैसा पाइन्छ ।

त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७७ रूपैयाँ १३ पैसा र बिक्रीदर १७७ रूपैयाँ ९२ पैसा तोकिएको छ भने आज युरोपियन युरो एकको खरिदमा १४९ रूपैयाँ १२ पैसा र बिक्रीमा १४९ रूपैयाँ ७८ पैसा पाइन्छ । 

यस्तै, राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रूपैयाँ ८८ पैसा तोकेको छ । कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ९४ पैसा पाइन्छ ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ४९ र बिक्रीमा ३६ रूपैयाँ ६५ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा बिहीबार ३० रूपैयाँ ८६ पैसा र बिक्रीमा ३१ रूपैयाँ पाइन्छ ।

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ६१ पैसा र बिक्रीदर ३५७ रूपैयाँ २० पैसा तोकिएको छ । बिहीबार कुवेती दिनार एकको खरिदमा ४३९ रूपैयाँ र बिक्रीमा ४४० रूपैयाँ ९६ पैसा पाइन्छ । 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update