NRN
दुई महामन्त्रीसँगको छलफल निष्कर्षविहीन भएपछि सभापति देउवाले बोलाए पूर्व पदाधिकारीसहितको बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वयसँग प्रतिवेदनको विषयमा कुरा नमिलेपछि पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन् । 

१६ भदौमा बस्ने केन्द्रीय समिति अघि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमा सहमति खोज्न देउवाले शीर्ष नेताको बैठक बोलाएका हुन् ।

शनिबार बिहान ९ बजे पदाधिकारी र पूर्व पदाधिकारीसहित बैठक बस्ने गरी बैठक बोलाइएको छ ।

सभापति देउवाले आज दुई महामन्त्रीको प्रस्तावका लागि उपसभापति र महामन्त्रीसँग छलफल गरेका थिए ।  दुई दिनको बैठकमा सहमति जुट्न सकेको छैन । चुनावी तालमेल नगर्ने, एक्जिट पोलिसी र महाधिवेशनको कार्यतालिकामा सहमति जुट्न सकेको छैन ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update