NRN
हरितालिका तीज खर्चिलो तथा भड्किलो नबनाउन प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनावश्यक तडकभडक र खर्चिलो हुने गरी तिज कार्यक्रम गरेको पाइएमा कारबाही गर्ने बताएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी धवप्रसाद ढुंगानाले बिहीबार सूचना निकालेर तिजसँग सम्बन्धित खर्चिला र भड्किलो गरे कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएका हुन् ।

विगतका तुलनामा पछिल्ला केही वर्षमा तिज मनाउने क्रममा अनावश्यक तडकभडक सहितका खर्चिला कार्यकमहरू बढ्दै गएको देखिएको पनि प्रशासनको सूचनामा उल्लेख छ।

पर्व मनाउने सन्दर्भमा अनावश्यक तडकभडक र फजुल खर्च नियन्त्रण गरी असल संस्कारको विकास गर्दै जानु हामी सबैको कर्तव्य भएकोले यस कार्यमा सबै राजनीतिक दल, नागरिक समाज, पेशागत संघ संस्थाहरू, महिला सञ्जाल तथा सम्पूर्ण जिल्लावासीहरुबाट सहयोगको अपेक्षा गरिएको उनले उल्लेख गरेका छन् ।

तिज मनाउने क्रममा अनावश्यक तडकभडक सहितका खर्चिला र भड्किलो कार्यक्रमहरू नगर्न पनि प्रशासनले आग्रह गरेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update