NRN
साताको अन्तिम कारोबार दिन बिहीबार ३६.८३ अंकले घट्यो नेप्से

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) ३६.८३ अंकले घटेको छ । २७९१ बिन्दुबाट सुरु भएको कारोबार तीव्र उतारचढावका बिच २७४९ बिन्दुमा पुगेर रोकिएको हो ।  

सेयर बजारसँगै कारोबार रकम थप खुम्चिएको छ । यो सातामा ४ दिन सेयर कारोबार भयो । आइतबार ८० अंकले बजार घटेको थियो । सोमबार सार्वजनिक बिदा भएका कारण कारोबार भएन । मंगलबार पुनः ११२ अंकले घट्दै परिसूचक २७८२ बिन्दुमा ओर्लिएको थियो । बुधबार अन्तिम समयमा बजारमा ३.८० अंकको वृद्धि देखियो । आज फेरि घटेको छ । यो साताको ४ दिनमा मात्रै बजार १४५ अंकले झरेको छ । 

बुधबार १३ अर्ब ७२ करोड रूपैयाँको कारोबार हुँदा बिहीबार १२ अर्ब २४ करोड रूपैयाँको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ४८ करोड रूपैयाँ कमी आएको हो ।

बिहीबार ५३ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ वटाको घटेको छ । यस्तै, दुई कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज कुल ३२२ कम्पनीको २८ लाख ३४ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १२ अर्ब २४ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ । 

यसदिन कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य दुई हजार ३१ रूपैयाँ ७० पैसा कायम भएको छ ।

यसैगरी, रसुवागढी हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४४१ रूपैयाँ ४० पैसा पुगेको छ भने थ्री स्टार हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार १०७ रूपैयाँ ९० पैसामा झरेको छ ।

विन नेपाल लघुवित्तको मूल्य ५.८४ प्रतिशतले घटेको छ । उक्त कम्पनीको मूल्य एक हजार ६९४ रूपैयाँ कायम भएको छ ।

बिहीबार गुडविल फाइनान्सको सर्वाधिक कारोबार भएको छ ।

कम्पनीको प्रतिकित्ता मूल्य एक हजार १७८ रूपैयाँमा ३७ करोड ६५ लाखको सेयर कारोबार भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ४.७१ प्रतिशत बढेको हो ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा अपी पावरको प्रतिकित्ता एक हजार ३३५ रूपैयाँ ५० पैसामा ३६ करोड ६४ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ ।  

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक ०.१० प्रतिशतले बढेको छ भने बाँकी १२ समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो ।

यसदिन जीवन बीमा समूहको परिसूचक सर्वाधिक २.०९ प्रतिशतले घटेको छ भने दोस्रोमा लघुवित्त समूहको परिसूचक २.०१ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update