NRN
राष्ट्रपति पौडेलले महिनाको एक दिन सार्वजनिक स्थलको भ्रमण गर्ने

राष्ट्रपति रामचन्द्र पौडेले प्रत्येक महिनाको एक दिन सार्वजनिक स्थलको भ्रमण गर्ने भएका छन् । 

उनी महिनामा एकदिन ‘सार्वजानिक स्थलमा राष्ट्रपति’ भन्ने कार्यक्रम अन्तरगत सार्वजानिक स्थलमा जाने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

त्यसै कार्यक्रमअन्तर्गत पौडेल पहिलो पटक भोलि (शुक्रबार) भक्तपुर दरवार स्क्वायर जाने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update