NRN
दुई तिहाइको बलले संविधानमाथि घात गरे प्रतिकार गर्ने  'प्रचण्ड' को चेतावनी

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले सरकारले दुई तिहाइको दम्भ देखाइरहे सडकमा आउने बताएका छन् ।

सुदूरपश्चिम प्रदेशको धनगढीमा बुधवार र बिहीबारसम्म चलेको माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा प्रदेश पदधिकारीहरुको परामर्श बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।

सरकारको सुरुवाती दिन हेर्दा राम्रो संकेत नदेखेपछि आफूले संसदबाट बंगलादेश र श्रीलंका सम्झिन आग्रह गरेको भन्दै उनले भने, ‘अलि बढी गर्नुभयो भने सडकमा आउँछौं ।’ भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा आफ्नो नेतृत्वको सरकारले गरेको कामबारही नरोक्न माग गर्दै सडकमा आउने उनले बताए ।

उनले संविधान संशोधन गर्ने कांग्रेस र एमालेको सहमतिमाथि समेत प्रश्न गरे ।

‘उहाँहरुले २०७२ को संविधान हेर्दा जतासुकै माओवादी देख्नुहुन्छ’, प्रचण्डले भने, ‘समावेशी भनेपनि माओवाादी, समानुपातिक भनेपनि माओवादी, दलित महिला मुस्लिम भनेपनि माओवादी, गणतन्त्र भनेपनि माओवादी भनेपनि कसरी माओवादीलाई ठीक गर्ने भन्ने परेको छ ।’

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update