NRN
साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा यसदिन प्रतितोला तीन सय रूपैयाँ घटेको हो ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो ।  

त्यसैगरी, बिहीबार प्रतितोला एक हजार आठ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला एक हजार आठ सय २० रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय १५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update