NRN
यस्तो छ शुक्रबार विदेशि मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले साताको अन्तिम दिन अर्थात् शुक्रबार विदेशि मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ९० पैसा र बिक्रीदर १३४ रूपैयाँ ५० पैसा कायम गरिएको छ भने क्यानेडियन डलर एकको खरिदमा ९९ रूपैयाँ ५० पैसा र बिक्रीमा ९९ रूपैयाँ ९४ पैसा पाइन्छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९१ रूपैयाँ ३२ पैसा र बिक्रीमा ९१ रूपैयाँ ७३ पैसा तोकिएको छ भने युरोपियन युरो एकको खरिदमा १४८ रूपैयाँ ५८ पैसा र बिक्रीमा १४९ रूपैयाँ २५ पैसा पाइन्छ ।

त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ भने एकको खरिददर १७६ रूपैयाँ ६६ पैसा र बिक्रीदर १७७ रूपैयाँ ४५ पैसा तोकिएको छ ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ४६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६२ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार ३१ रूपैयाँ ०६ पैसा र बिक्रीमा ३१ रूपैयाँ २० पैसा पाइन्छ ।

शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३८ रूपैयाँ ६० पैसा र बिक्रीमा ४४० रूपैयाँ ५६ पैसा पाइन्छ । त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ २४ पैसा र बिक्रीदर ३५६ रूपैयाँ ८३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ६८ पैसा र बिक्रीदर ३५ रूपैयाँ ८४ पैसा तोकेको छ । कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ९० पैसा पाइन्छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update