NRN
'सार्वजनिक स्थलमा राष्ट्रपति' भन्ने कार्यक्रम सुरूवात भक्तपुर दरबार स्क्वायरबाट

राष्ट्रपति रामचन्द्र पौडेलले महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने कार्यक्रम सुरू गरेका छन् । 

सार्वजनिक स्थलमा राष्ट्रपति भन्ने कार्यक्रम तय भएसँगै शुक्रबार राष्ट्रपति पौडेलले भक्तपुर दरबार स्क्वायर यो कार्यक्रम सुरूवात गरेका हुन् ।

 

 

सार्वजनिक स्थलमा उनले आम नागरिकसँग संवाद गर्ने स्थानीयहरूको गुनासो सुन्ने यस अभियानको प्रमुख उद्देश्य रहेको बताइएको छ । 

 

कार्यक्रम अन्तर्गत पहिलो दिन आज भक्तपुर दरबार स्क्वायरमा राष्ट्रपति पौडेलले स्थानीयसँग भलाकुसारी गर्नेछन् । 

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update