NRN
मोहन मैनालीको मुकाम रणमैदानलाई २०८० को मदन पुरस्कार

यो वर्षको मदन पुरस्कार लेखक मोहन मैनालीको कृति मुकाम रणमैदानले पाएको छ । मदन पुरस्कार गुठीको शुक्रबार बसेको साधारण सभा बैठकले २०८० को मदन पुरस्कार मुकाम रणमैदानलाई दिने निर्णय गरेको हो ।

साथै प्रा डा योगेन्द्रप्रसाद यादवलाई जगदम्बा श्री २०८० दिने निर्णय भएको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिएका छन् । दुवै पुरस्कारको राशि ४/४ लाख रुपैयाँ रहेको छ ।

२०८० सालमा प्रकाशित पुस्तकमध्ये गुठीलाई प्राप्त भएका ३०४ मध्येबाट ८ साउनमा शीर्ष ५ पुस्तकको नाम सार्वजनिक गरिएको थियो ।जसमा भक्त स्याङतानको 'डम्फुको आत्मालाप', जीवन क्षेत्रीको नुन-तेल,  भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि, मोहन मैनालीको मुकाम रणमैदान र  रोशन थापा 'नीरव' को सन्त्रासका साठी दिन रहेका थिए । 

त्यस्तै दिक्षितले प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई २०८० सालको जगदम्बा-श्री पुरस्कार दिएको जानकारी दिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update