NRN
नेपाल आयल निगमको धनुषास्थित महेन्द्रनगर डिपोमा कार्यरत कर्मचारीको हत्या

नेपाल आयल निगमको धनुषास्थित महेन्द्रनगर डिपोमा कार्यरत कर्मचारीको हत्या भएको छ । शुक्रबार बिहान साढे १० बजे क्षिरेश्वरनाथ नगरपालिकास्थित डिपोको कार्यालयमै कर्मचारीको हत्या भएको हो ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहका अनुसार हत्या हुनेमा सिरहाको सिरहा नगरपालिका-३ नखनाहाका ४० वर्षीय राकेश बर्मा छन् ।

उनी डिपोको पाइपलाइन शाखामा कार्यरत ज्यालादारी कर्मचारी हुन् । प्रहरी निरीक्षक साहका अनुसार राकेशको हत्या गरेको आरोपमा डिपोकै कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका-४ का ३५ वर्षीय प्रकाश यादव छन् ।

आज बिहान कार्यालयमै राकेश र प्रकाशबीच विवाद भएको र त्यही क्रममा प्रकाशले बेल्चाको डण्डीतिरको भागले राकेशको टाउकोमा प्रहार गरेका थिए।

बेल्चा प्रहारबाट राकेशको घटनास्थलमै मृत्यु भएको पनि प्रहरी निरीक्षक साहले जानकारी दिए । उनको आँखाको माथिल्लो भागमा चोट लागेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक साहले जानकारी दिए ।   

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १३:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update