NRN
बिष्णु माझीलाई  किन गाली गरेको…?

- राजन घिमिरे

पहिलो हरफमा नै म रोष प्रकट गर्दछु । यो रोष भने सबै माथि होइन , जसले बिष्णु माझीलाई भाईरल गायिका भनेर चिने र ब्याख्या गरे । के हो भाईरल ? भाईरलको अर्थ के हो ? भाईरल भाईरल भनेर खोक्नेलाई नै थाहा छैन । तै पनि भाईरल भनेर खोक्न छाड्दैनन । भाईरलको आयु,चर्चा र यात्रा छोटो हुन्छ । त्यस्ता भाईरल को वाहवाही र आयू सिमित हुन्छ । एक समय चल्छन अनि आफै हराउंछन । नेपाली गीत - संगीत क्षेत्रमा यस्ता भाईरल धेरै आए र धेरै गए । हो, यस्तालाई भाईरल भन्ने हो। तर, बिष्णु माझीलाई किमार्थ भाईरलको ट्याग लगाउंन मिल्दैन । जसले उनि माथि भाईरलको संज्ञा दियो , तिनीहरू जन्मिएका पनि थिएनन् बिष्णु माझी नेपाली लोक गीत संगीत क्षेत्रमा स्थापित हुंदा ।

केही यूटुबेहरूले हिजो आएर आज हराई सकेका र तीन दशकदेखी नेपाली गीत संगीतमा लागि पर्दै आएकी बिष्णु माझीको बारेमा प्रयोग गर्ने एउटै भाषा , शैली र उच्चारणका शब्दहरू त्यति मेल खाएको पाईएन । नेपाली लोक गीत संगीतको ब्राण्ड बनेकी बिष्णु माझी र हिजो रहरले गीत गाउंन आएर आज हराई सकेकाहरूलाई एउटै टोकरीमा राखेर हेर्ने र कन्टेन्ट बनाउंने यूटुबेहरूको सोचमा परिवर्तन आउंनु पर्छ अब । पछिल्लो समय चर्चा र वाहवाहीको पराकाष्ठा नै नाघेको तीजको गित जब बजारमा आयो बिष्णुको , तब भाईरल गायक - गायिकाहरू पाखा लागे ।

उनको गीतको चर्चासंगै आफूलाई लोक गीत संगीतको मालिक ठान्नेहरू लुरूक्क कुनातिर लुके । आज कहाँ छन तिमीहरू ? कतै चर्चा छैन तर दिन प्रतिदिन बिण्णु माझीको गीतले रफ़्तारमा समग्र तीजको गितको शान र मान मात्र बढाएको छैन कि तीज गीतको इतिहासमा यो गीत सुनौलो अक्षरले लेखिने निश्चित छ । गीतको नृत्य, शब्द चयन अनि गायिकी , सुन्दा पनि कानलाई आनन्द आउंने। । तीजको समयमा नेपाली लोक गीत संगीतको फांटमा यो गीत मार्फत बिष्णुले साँच्चै अमूल्य सम्पति दिएकी छन । समग्र नेपाली तीजको गितको शान बढाएकी छन भने यो क्षेत्रमा लाग्नेहरूले गौरब र साहसका साथ यो हो तीजको गीत भनेर बिष्णु माझीको गीत देखाएर भन्न पाएका छन ।

अबस्था यस्तो छ , तर केही भाईरल कन्टेन बनाउंनेहरू माथि बिश्वास गर्ने र त्यसकै भरमा अगाडि बढ्नेहरूले यस पटक पनि बिष्णु माझीको कुरा काट्न र उनको ब्यक्तिगत कुरालाई यूटुबको हाइलाइट बनाउंन छाडेनन । बिष्णुको कर्म र धर्म गीत गाउंनु हो , राम्रो गीत गाउंनु हो । त्यो कर्म र धर्म उनले शत प्रतिशत पुरा गरेकी छन । उनले घरबाटै गाउंन कि स्टुडियोमा आएर गाउंन ? अरूलाई यसमा किन चिन्ता ? ब्रेकिंग समाचारको नाम दिएर बिष्णुको ब्यक्ति गत कुरा र प्रसंगलाई मिडियामा ल्याएर आफ्नो लाईक, सस्क्राईब र शेरव बढाउंने जस्ता ग़लत काम गर्न छाडे कति राम्रो हुन्थ्यो होला । उनको गीत राम्रो छ शानदार छ भनेर् भन्न नसक्नेले यस पटक पनि बिष्णु किन घर भित्रै अनि श्रीमानले यस्तो के गरे रे ? किन बिष्णु गुमनाम रे….॥

यस्ता यस्ता अपाच्य र ब्यक्तिगत हेडिंग राखेर आफ्नो च्यानल चलाउंन खोज्नेले बुझेनन कि बिष्णु माझी गुमनाम छैनन। गुमनाम भएकी भए कसरी गीत यसरी चल्दथ्यो? यति कुरा बुझ्ने कि ? मिडियामा आउन्न र देखिन्न ? यो उनको नैसर्गिक अधिकार हो । अरूको कमाई खाने भांडो बन्न बिष्णु किन मिडियामा आउनु पर्यो ? त्यै बिष्णुको गीतको दृश्य देखाएर खाने अनि उनकै बारेमा तथानाम अडकालबाज्जी लगाएर समाचार बनाउंनेहरूको लागि उनि किन मिडियामा आउंने ?

मिडियामा आएर अरूको लागि प्रयोग हुने जस्तो गल्ती बिष्णु र उनको श्रीमानले गर्नु हुन्न । आज सेक्रेट सेलिब्रिटीको रूपमा बिण्णु माझीको शान, वजन र सम्मानको सबैले कदर गर्न सक्नु पर्छ । न कि उनको ब्यक्ति गत कुरामा चासो दिने वा नानाथरी भन्ने छुट भने कसैलाई छैन । यो कुरा सबैलाई चेतना भया ।

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update