NRN
आज प्रतितोला छ सय रूपैयाँ घट्यो सुनको मूल्य, चाँदी कतिमा हुँदैछ कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको मूल्य घटेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार नौ सय रूपैयाँमा कारोबार भएको सुन महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा आज प्रतितोला छ सय रूपैयाँ घटेको हो ।

चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ ।

शुक्रबार प्रतितोला एक हजार आठ सय २० रूपैयाँमा कारोबार भएको चाँदी यस दिन प्रतितोला एक हजार सात सय ९५ रूपैयाँमा काराबोर भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २५ सय ४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update