NRN
अमेरिकी अष्ट्रेलियन डलर र युरोको मूल्य घट्दा, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ?

नेपाल राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक गरेको दर अनुसार आज अमेरिकी अष्ट्रेलियन डलर र युरोको मूल्य घटेको छ । 

शुक्रबार एकको खरिददर अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ९० पैसा र बिक्रीदर १३४ रूपैयाँ ५० पैसा कायम गरिएको अमेरिकी डलर आज एकको खरिददर १३३ रूपैयाँ ८९ पैसा र बिक्रीदर १३४ रूपैयाँ ४९ पैसामा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १ पैसा घटेको हो ।

यस्तै, शुक्रबार एकको खरिददर ९१ रूपैयाँ ३२ पैसा र बिक्रीमा ९१ रूपैयाँ ७३ पैसा कायम गरिएको अष्ट्रेलियन डलर आज अष्ट्रेलियन डलर एकको खरिदमा ९१ रूपैयाँ ०१ पैसा र बिक्रीदर ९१ रूपैयाँ ४२ पैसामा कारोबार भइरहेको छ ।

त्यसैगरी, युरोपियन युरो एकको खरिददर आज १४८ रूपैयाँ ३९ पैसा र बिक्रीदर १४९ रूपैयाँ ०६ पैसामा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ६ पैसा घटेको हो ।

त्यस्तै, क्यानेडियन डलर एकको खरिदमा ९९ रूपैयाँ ३५ पैसा र बिक्रीमा ९९ रूपैयाँ ८० पैसा पाइन्छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १७६ रूपैयाँ ४५ पैसा र बिक्रीमा १७७ रूपैयाँ २४ पैसामा कारोबार भइरहेको छ ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ४५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६२ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा आइतबार ३० रूपैयाँ ९९ पैसा र बिक्रीमा ३१ रूपैयाँ १३ पैसा पाइन्छ ।

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ २१ पैसा र बिक्रीदर ३५६ रूपैयाँ ८० पैसा तोकिएको छ । आइतबार कुवेती दिनार एकको खरिदमा ४३८ रूपैयाँ ३३ पैसा र बिक्रीमा ४४० रूपैयाँ २९ पैसा पाइन्छ ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ६८ पैसा र बिक्रीदर ३५ रूपैयाँ ८४ पैसा तोकेको छ । कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ९० पैसा पाइन्छ ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update