NRN
हरिसिद्धी क्यान्सर अस्पतालको तेस्रो तलाबाट हामफालेकी महिलाको उपचारको क्रममा मृत्यु

ललितपुर महानगरपालिका वडा नम्बर २८ हरिसिद्धीमा रहेको क्यान्सर अस्पतालको तेस्रो तलाबाट हामफालेर गम्भीर घाइते भएकी बिरामीको उपचारका क्रममा मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर ८ की ६४ वर्षीया पुनमाया तामाङ अस्पतालको ए ब्लकको तेस्रो तलाबाट भुइँमा हामफालेकी थिइन् । 

शनिबार तेस्रो तलाबाट हामफालेकी उनी गम्भीर घाइते भएकी थिइन् ।

पुनमाया तामाङ हामफालेर गम्भीर घाइते भएसँगै पाटन अस्पतालमा भर्ना गरिएकोमा आइतबार (आज) बिहान उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । 

उनी थाइराइडको क्यान्सर उपचारका लागि साउन २४ गतेदेखि अस्पतालमा भर्ना भएकी थिइन् । 

 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update