NRN
मंगलबार सुन–चाँदीको मूल्य स्थिर, तोलाको कति ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज (मंगलबार) सुन– चाँदीको मूल्य स्थिर रहेको छ ।

अघिल्लो दिन प्रतितोला तीन सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन स्थिर रहेको हो ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार तीन सय रूपैयाँमा कारोबार भएको सुन महासंघका अनुसार आज पनि सुन सोही मूल्यमा कारोबार भइरहेको छ । 

त्यसैगरी, सोमबार प्रतितोला १७ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ । 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ९६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update