NRN
अमेरिकी, क्यानेडियन डलर र पाउण्डको भाउ बढ्दा, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ?

नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक गरेको दर अनुसार मंगलबार अमेरिकी डलर र क्यानेडियन डलर र पाउण्ड स्टर्लिङको मूल्य बढेको छ ।

सोमबार एकको खरिददर १३३ रूपैयाँ ८९ पैसा र बिक्रीदर १३४ रूपैयाँ ४९ पैसा तोकिएको अमेरिकी डलर राष्ट्र बैंकको अनुसार आज एकको खरिददर १३३ रूपैयाँ ९८ पैसा र बिक्रीदर १३४ रूपैयाँ ५८ पैसामा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ९ पैसा बढेको हो ।

त्यस्तै, क्यानेडियन डलर एकको खरिददर आज ९९ रूपैयाँ २६ पैसा र बिक्रीदर ९९ रूपैयाँ ७१ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ४ पैसा बढेको हो ।

त्यसैगरी, सोमबार एकको खरिदमा १७५ रूपैयाँ ८० पैसा र बिक्रीमा १७६ रूपैयाँ ५९ पैसा तोकिएको पाउण्ड स्टर्लिङ आज एकको खरिदमा १७५ रूपैयाँ ९८ पैसा र बिक्रीमा १७६ रूपैयाँ ७६ पैसा पाइन्छ । 

त्यस्तै,  आज युरोपियन युरो एकको खरिदमा १४८ रूपैयाँ २६ पैसा र बिक्रीमा १४८ रूपैयाँ ९२ पैसा तोकिएको छ भने अष्ट्रेलियन डलर एकको खरिदमा ९० रूपैयाँ ७६ पैसा र बिक्रीमा ९१ रूपैयाँ १७ पैसा पाइन्छ ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ७० पैसा र बिक्रीमा ३५ रूपैयाँ ८६ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ९२ पैसा पाइन्छ । 

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ४८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६४ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा मंगलबार ३० रूपैयाँ ७६ पैसा र बिक्रीमा ३० रूपैयाँ ९० पैसा पाइन्छ ।

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३५७ रूपैयाँ ०४ पैसा तोकिएको छ । कुवेती दिनार एकको खरिदमा ४३८ रूपैयाँ ४२ पैसा र बिक्रीमा ४४० रूपैयाँ ३८ पैसा पाइन्छ । 

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update