NRN
सञ्चारमन्त्री गुरुङलाई बर्खास्त गर्न कांग्रेस सांसद भण्डारीको माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद शंकर भण्डारीले सरकार प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङलाई बर्खास्त गर्न माग गरेका छन् ।

मन्त्री गुरूङले प्रहरी संगठनका प्रमुख (आइजिपी) लाई 'अपशब्द' बोलेको भन्दै भण्डारीले बर्खास्त गर्न विज्ञप्तिमार्फत् माग गरेका हुन् । उनीहरुले छुट्टाट्टै विज्ञप्ति निकालेर मन्त्री गुरुङलाई कारबाहीको माग गरेका हुन् ।

मन्त्री गुरुङले गत शनिबार पोखरामा आयोजित एक सार्वजनिक कार्यक्रममा प्रहरी महानिरीक्षकको ‘जिभ्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका थिए । प्रहरी महानिरीक्षक विरुद्धको अभिव्यक्तिपछि पृथ्वीसुब्बाको आलोचना भइरहेको छ ।

भण्डारीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘देशको शान्ति सुरक्षा कायम गर्ने जिम्मा लिएको प्रहरी संगठनका प्रमुखलाई नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्रीबाट सार्वजनिक स्थलमा अपशब्द व्यक्त भएकोमा मैले त्यसको घोर भत्र्सना गर्दै प्रधानमन्त्रीले सञ्चार मन्त्रीलाई बर्खास्त गर्न आह्वान गर्दछु ।’

उनले शान्ति सुरक्षामा भविष्यमा तलमाथि हुन गएमा त्यसको जिम्मेवार स्वय) सरकार र प्रधानमन्त्री हुने समेत भण्डारीले उल्लेख गरेका छन् । साथै उनले समाजमा वितृष्णा फैलाउने र पार्टी–पार्टीबीच सम्बन्ध बिगार्ने कार्य नगर्न पनि अनुरोध गरेका छन् ।

मञ्चले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘बहाल तथा पूर्व सुरक्षाकर्मीको मानमर्दन हुने यस प्रकृतिको घटनाका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई माननीय मन्त्रीज्यूको असंवेदनशील अभिव्यक्तिलाई संज्ञानमा लिनु भई आवश्यक कारबाही गर्नु हुन पनि अनुरोध गर्दछौं ।’

साथै मन्त्री गुरुङलाई उक्त बचन तत्काल फिर्ता लिई प्रहरी संगठन र प्रहरी महानिरीक्षकसँग क्षमायाचना गर्न पनि मञ्चले माग गरेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update