NRN
पल र समिक्षाको कुरा किन उठाईन् पूजाले….?

- राजन घिमिरे

अभिनेत्री पूजा शर्मा अहिले चर्चामा छिन् । तर उनि यतिबेला सत्कर्म र वाहवाही काम गरेका कारण चर्चामा आएकी भने होइनन् । आफ्ना शब्द , बचन र सोच गलत अनि प्रतिकूल भैदिँदा उनि नकारात्मक तरिकाले चर्चामा आएकी हुन् । उनि के बोल्छिन् , के सोच्छिन् र के भन्छिन् ? कहिले पनि उनलाई हेक्का नै भएन । उनका सल्लाहकारहरु पनि गतिला नभैदिँदा उनी बिबादको भूमरीमा पर्ने गरेको ठोकुवा भने गर्न सकिन्छ ।

जब- जब आफ्ना चलचित्रहरु रिलिज हुन खोज्छन् , तब उनि कुनै न कुनै बखेडा निकाली हाल्छिन् र उनको त्यो बखेडालाई आफै अदालत जस्तो बनेर केही यूटुबे र पोट काष्टवालाहरूले मलजल गर्ने अबसर पाईहाल्छन् । यस्तै केही वालाहरूले आफूलाई प्रयोग गरेर आफ्नो दर्शकहरू बढाईरहेको हेक्का गर्नै सकिनन् पूजाले । यस्तो बेला हो नि पूजालाई उनका सल्लाहकारहरूले सही सल्लाह दिनु पर्ने तर, ति सल्लाहकारहरू कहाँ छन् खै ? सल्लाहकार गतिला नभैदिँदा नेपाली सिनेमाकै कति स्टार रातारात हराएका छन् भने कति रातारात हिट भएका छन् । सही समयमा सल्लाह नपाउंदा राजाले समेत गद्दी छोड्नु परेको इतिहास साक्षी छ हामीसँग । तर यो कुरा पूजाले कहिले पनि बुझिनन् ।

यहाँ भने पूजामा अध्यनको कमी देखिन्छ । प्रसँग पल शाह र समिक्षा अधिकारीको भएता पनि बुझ्दै नबुझी पूजाले पलको बचाउ गर्दै अदालतले निर्णय गरिसकेको जिकिर गरेकी छिन् र भनेकी छन् -‘ अदालतले निर्णय गरिसकेको कुरालाई किन बेला बेलामा निकालेको ….’ ? कुरा र प्रसंग फेरि कसले निकाल्यो ? पूजाले भन्न सकेकी छैनन् । उनी आफै लगभग लगभग हराउंन लागेको कुरा गरेर चलचित्रलाई चर्चामा ल्याउँन अनि पल शाहलाई प्रयोग गरेर मैदानमा आउँन लागेको देखिन्छ । समिक्षा यतिबेला आफ्ना सांगितिक यात्रामा अगाडि बढिरहेको समयमा यो कुरा उठाएर पूजाले घाउमा नुन दल्ने काम मात्र गरेकी छैनन् कि आफ्नो अनबिज्ञता पनि छर्लंग पारेकी छिन् ।

पूजाले भनेकी छन् -‘ अदालतबाट सकि सकेको र अदालतले माफी दिइसकेको कुरा किन गरेको -‘ ? । के यो कुरा फेरि बारम्बार समिक्षाले गरेकी छन् ? अबश्य छैनन् , उनि त यसलाई बिर्सेर अगाडि बढिरहेकी छिन् । यो कुरा चाहिं निश्चित हो कि यो कुरा भजाएर आफूप्रति दर्शकहरूको नोटिस फर्काउन पूजा आफैले गरिरहेकी छिन् । यो कुरा घाम जस्तै छर्लंग छ । र, अर्को कुरा , कानुनी कुरा गर्दा पूजाले भने जस्तो पललाई अदालतले माफ़ी दिएको छैन । पललाई समिक्षाले माफी दिएका कारण पल बाहिर निस्किएका हुन् ।

यो मुद्दाको पुरै छिनोफानो भएको छैन । यो कुरा पूजाले समिक्षालाई चिढाउँनु अघि बुझ्नु आबश्यक छ है । समिक्षालाई बिबादमा तान्ने , उनको भाबनामा ठेस पुर्याउने र उनलाई चिढाउँने काम गर्दा पल मात्र होइन कि पूजा पनि भूग्रोमा पर्न सक्छिन् । यो पंक्तिकारको सुझाब हो यो , मनन गर्नु होला पूजा जी ।

त्यसैले संबेदनशिल बिषय र अबस्थाका बारेमा बोल्दा , कुरा गर्दा वा आरोप - प्रत्यारोपको अबस्थाका बारेमा बुझेर मात्र अगाडि बढेको राम्रो । सिनेमा चलाउने बहानामा आफू अदालत बनेर कसैले दिएको माफीलाई उसको कमजोरी ठानेर उसैको गल्ती हो र थियो भन्ने निर्णयहरु केही यूटुब र पोटकाष्टहरूमा गएर नसुनाउनुस है , समस्यामा पर्न सकिन्छ । तपाईलाई चेतना भया…॥ नायिकाको उपाधीबाट सुसज्जित तपाई जस्ती होनहार प्रतिभाले के बोल्दा राम्रो हुन्छ ? मैले के बोल्दा समाजमा गलत र खराब प्रभाब पर्छ ? भन्ने कुरा बुझ्नु पर्छ । तपाई जस्ता कलाकार त धेरैको आइडियल हो नि । त्यै आइडियलले जे पनि बोल्यो भने कसरी तपाई र अरूमा फरक भयो त ?

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update